संसद्को पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने

होमल्याण्ड खबर

२०७९ पुष २२ गते, शुक्रबार १५:३७ मा प्रकाशित

प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावली अनुसार बैठक बस्ने भएको छ ।संसदको पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरूले बोल्ने कार्य तालिका तय गरेको छ ।

यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ । सभामुख चयनका बारेमा भने अर्को सर्वदलीय बैठकले निर्णय गर्ने सहमति भएको छ ।