गृहमन्त्री रवि लामिछानेको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

होमल्याण्ड खबर

२०७९ पुष २२ गते, शुक्रबार १७:४९ मा प्रकाशित

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादमा अन्तरिम आदेश नदिने भएको छ।

शुक्रबारको संवैधानिक इजलासले उनको नागरिकता र राहदानीबारे परेका मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश नहुने निर्णय गरेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।

अदालतले उक्त मुद्दालाई अग्राधिकार भने दिएको छ।

लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता स्वत: रद्द भएको तर उनले पुरानै नागरिकताले राहदानी बनाएको, नयाँ पार्टी दर्ता गरेको र चुनाव  लडेको भन्दै मुद्दा परेको थियो।