निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा आए गोविन्द केसी

होमल्याण्ड खबर

२०७९ पुष २४ गते, आईतवार १५:२४ मा प्रकाशित

बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलमा बिरोध प्रदर्शन भएको छ । आइतवार महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा उनीहरुले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यू महिलाहरु सुरक्षित हुने कहिले रु महिलाको बाँच्न पाउने अधिकार खोई, के महिला एकल हुनु पाप हो रु लगायतका प्लेकार्ड बोकेर सांकेतिक विरोध जनाएका थिए ।

बिरोध कार्यक्रममा बोल्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले सरकारले प्रतिवद्धता जनाएको एक वर्ष बितिसक्दासमेत घटनामा संलग्नमाथि अनुसन्धान सुरु नगरेको भन्दै विरोध जनाए । डा। केसीले अपराधीहरुलाई राजनीतिक दलहरुले नै संरक्षण गरेको आरोप लगाए ।

‘अपराधीलाई कारबाही गर्ने ठाउँमा सांसद बनाउने भनेपछि अपराधीको स्थान कहाँ हो रु पार्टीमा हो कि जेलमा हो रु अपहरण गरेर मार्ने देखेका मान्छेहरुले भन्दाभन्दै टिकट दिएर सांसद बनाइन्छ भने त्यो भन्दा बढी राजनीतिको भ्रष्टिकरण र अपराधीकरण अरु के हुन्छ रु’ उनले प्रश्न गरे ।

बाँकेकी निर्मला कुर्मी बेपत्ता पारेको घटनामा नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य निर्वाचित बादशाह कुर्मी आरोपित छन् । उनी ४ मंसिरको प्रदेशसभा चुनावमा लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । बिरोध प्रदर्शनमा महिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिवद्धताबाट बारम्बार पछि हटिरहेको बताइन् ।

‘सरकारले गरेको वाचा पूरा गरेको छैन । प्रतिवेदन बनायो, कार्यान्वयन भएन । दोस्रो चरणको आन्दोलन गर्दा अन्य अभियुक्तलाई समातियो तर मुख्य अभियुक्तलाई समातिएन । मुख्य अभियुक्तलाई सरकार र स्थानीय प्रहरीले नै समर्थन गरेको छ’ उनले भनिन् ।