भारतको गुजरातबाट कैलाली आउँदै गरेको बस दुर्घटना, ३ नेपालीसहित ४ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७९ पुष २५ गते, सोमबार १०:२६ मा प्रकाशित

भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको छ । आइतबार राति भएको दुर्घटनामा परी ३ नेपालीसहित ४ जनाको निधन भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । उनीहरुको परिचय भने खुल्न बाँकी छ । बसमा ६६ जना यात्रु रहेको खबर आएको छ ।

लखनउदेखि ३० किलोमिटर अगाडी बस दुर्घटना भएको हो । उक्त बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

बसको नम्बर खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।