४ चैत्र २०८२, बुधबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती छन् भन्ने स्मरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले प्रचण्डलाई बधाई दिँदै चुनौती छन् भन्ने स्मरण गर्न पनि आग्रह गरेका हुन् ।


पूर्वप्रधानमन्त्री ओलीले अहिले राष्ट्रियतासम्बन्धी र आर्थिक समस्या बढी रहेको बताए । अर्थतन्त्र गम्भीर अवस्थामा रहेको भन्दै ओलीले सबै समस्याको सकारात्मक ढंगले समाधान खोज्नुपर्ने बताए । ‘मुलुकलार्इी पछाडि सर्नबाट रोकेर अगाडि बढाउनुपर्नेछ’ उनले भने ।