बुधबार सार्वजनिक बिदाको जानकारी दिँदै गृहले निकाल्यो सूचना

होमल्याण्ड खबर

२०७९ पुष २६ गते, मंगलवार १२:३२ मा प्रकाशित

पृथ्वी जयन्तीको अवसरमा सरकारले दिएको सार्वजनिक बिदाबारे गृहमन्त्रालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले मन्त्रिपरिषद् निर्णय उल्लेख गर्दै बिदाको जानकारी गराएका छन् ।