४ चैत्र २०८२, बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् । प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलो पटक आफनो निर्वाचन क्षेत्र गोरखा जान लागेका हुन् ।
खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटनका लागि प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् ।


गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए । उनले मंगलबार (हिजो) संसदमा असाधारण विश्वासको मत अर्थात ९९ दशमलव २५ प्रतिशत विश्वासको मत पाएका थिए ।
प्रचण्ड यस पटक गोरखामा चुनाव लड्न पुगेका थिए ।