२७ बैशाख २०८३, आईतवार
जबरजस्ती करणीको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। बिहीबार न्यायधीशद्वय ध्रुवराज भट्टराई र रमेश ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको आदेश बदर गर्दै लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले उनलाई शर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको जानकारी दिए।

