४ चैत्र २०८२, बुधबार
नेता घनश्याम भूसाल आज नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्दैछन् । शुक्रबार २ बजे नयाँबानेश्वरस्थित एक होटलमा एक कार्यक्रमबीच उनी पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको हो ।
गत निर्वाचनमा उम्मेदवारी बन्न नपाएसँगै नेकपा एमाले परित्याग गरेका उनी आज एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् । यसअघि भूसालले पुस २४ गते नेकपा एकीकृत समाजवादी पार्टीको वाम एकता वार्ता समितिलाई पत्र लेख्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव गरेका थिए ।

