प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे

होमल्याण्ड खबर

२०७९ माघ २ गते, सोमबार ११:०० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले भेटवार्ता जारी छ । एमाले अध्यक्ष ओली निवासमा प्रधानमन्त्री दाहाल छलफलका लागि पुगेका हुन् । संसदबाट पुस २६ गते विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्ड दोस्रो पटक ओली निवास बालकोट पुगेका हुन्। एमाले अध्यक्ष ओली र बीच प्रचण्ड प्रधानमन्त्री भए यताको यो ८ औ वान अन वान भेटवार्ता हो । प्रचण्ड पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अहिले ८ सदस्यीय मन्त्रीमण्डल छ । त्यसमा पनि ४ जना मन्त्री बिना बिभागिय अबस्थामा छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भरहेको छ। यसबीचमा सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबन्डा टुंग्याउने तयारी गरे पनि त्यो हुन सकेको छैन।