२७ बैशाख २०८३, आईतवार
विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञ पोखरा आएका छन् ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा आएर शवको परीक्षण थालेका हुन् । दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि पोखरा र काठमाडौंका विज्ञ चिकित्सक सहितको टिम बनाइएको र टिमले काम थालेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए ।


खत्रीका अनुसार पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं पठाउने तयारी छ ।
दुर्घटनास्थलबाट निकालिएको शवहरु पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ ।