पदम गिरि स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने

होमल्याण्ड खबर

२०७९ माघ ३ गते, मंगलवार १०:४६ मा प्रकाशित

नेकपा एमालेका सांसद पदम गिरि स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन्। पर्वतबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका गिरिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

अध्यक्ष ओलीले आफूलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिन फोनमार्फत आग्रह गरेको गिरिले जानकारी दिए। ‘अध्यक्षले फोन गरेर स्वास्थ्य मन्त्रालयको तयारी गर्नू भन्नुभएको छ।’ गिरिले भने।

यसअघि स्वास्थ्यमा दामोदर भण्डारी आउने कुरा थियो । तर दामोदरलाई उद्योग मन्त्री बनाउने पार्टीले निर्णय गरेको बताइएको छ ।