नेकपा (एमाले) की विमला पौडेल राई परराष्ट्र मन्त्री बन्ने

होमल्याण्ड खबर

२०७९ माघ ३ गते, मंगलवार ११:२५ मा प्रकाशित

नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य विमला पौडेल राई परराष्ट्र मन्त्री बन्ने भएकी छन्।

पौडेलले मंगलबार दिउँसो सपथ लिन लागेकी छन्।

उनी नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने तेस्रो८ महिला हुन्। यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला र नेकपा ९एमाले० की सहाना प्रधान परराष्ट्र मन्त्री भएकी थिइन्।

२०३६ सालमै कम्युनिष्ट विद्यार्थी राजनीति सुरू गरेकी पौडेलले २०५२ सालदेखि भने विभिन्न राष्ट्रिय,अन्तर्राष्ट्रिय परियोजनामा काम गरिन्।

त्यही अनुभवका आधारमा उनी २०७० सालमा राष्ट्रिय योजना आयोगकी सदस्य भइन्।

२०७४ सालमा उनी राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी हुन्। राष्ट्रिय सभामा उनको कार्यकाल २०८० को फागुनमा सकिन्छ।