देशभर नेपाल टेलिकमको नेटवर्कमा समस्या

होमल्याण्ड खबर

२०७९ माघ ३ गते, मंगलवार १२:३९ मा प्रकाशित

काठमाडौं उपत्यकासहितका क्षेत्रहरुमा नेपाल टेलिकमको नेटवर्कमा समस्या भएको छ।

केही समयदेखि नेपाल टेलिकमका प्रयोगकर्ताहरुले अन नेट वा अफ नेट (एनसेल वा स्मार्ट टेलिकम)का नम्बरहरुमा फोन वा एसएमएस गर्दा समस्या भोगिरहेका छन्।

यसका साथै टेलिकम प्रयोगकर्ताहरुले ुडेटाु पनि चलाउन समस्या भइरहेको बताएका छन्। टेलिकमले उक्त समस्याबारे कुनै औपचारिक जानकारी गराएको छैन।