प्रधानमन्त्री प्रचण्ड वर्षमानलाई भेट्न अस्पताल पुगे

होमल्याण्ड खबर

२०७९ माघ ३ गते, मंगलवार १४:४० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तलाई भेट्न अस्पताल पुगेका छन् ।

वर्षमान अस्वस्थ भएपछि शनिवार सुमेरु अस्पतालमा भर्ना भएका थिए । गृहजिल्ला रोल्पा पुगेका वर्षमान एक्कासि अस्वस्थ भएपछि हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो ।

जन्डिससहित विभिन्न स्वास्थ्य समस्या झेल्दै आएका वर्षमान अस्वाभाविक रूपमा पेट फुल्न थालेपछि अस्पताल भर्ना भएका हुन् ।

मंगलवार अस्पतालमा पुगेका प्रचण्डले वर्षमानलाई भेटेर स्वास्थ्य समस्याबारे जानकारी लिए ।