४ चैत्र २०८२, बुधबार
नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक जारी छ । बैठकमा सभामुखमा उम्मेदवारी’दयगत निर्णय हुने संसदीय दलका मुख्य सचेतक रमेश लेखकको भनाइ छ । सर्वदलीय बैठकमा सभामुख’दयगत कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ ।
प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ ।

