एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेवार बनाउने

होमल्याण्ड खबर

२०७९ माघ ४ गते, बुधबार ११:१७ मा प्रकाशित

प्रतिनिधि सभाको सभामुखमा सत्ता साझेदार दलका तर्फबाट एमाले नेता देवराज घिमिरे उम्मेदवार बन्ने भएका छन्। नेकपा एमालेले उनलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष सुवाचन्द्र नेम्वाङले जानकारी दिए।

नेम्वाङले भने, ‘उहाँलाई सभामुखको उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ। हामी अहिले उम्मेदवारी दर्ताको तयारीमा जुटेका छौं।’

सभामुखका लागि घिमिरेसँगै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मालगायतले आकांक्षा राखेका थिए।