सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

होमल्याण्ड खबर

२०७९ माघ ४ गते, बुधबार ११:५० मा प्रकाशित

नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने भएको छ। आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

दिउँसो २ बजे संसदीय दलको बैठक बसेर उमेदवारको टुंगो लगाउने निर्णय गरिएको छ । त्यसअघि, अरू दलका नेताहरूसँग छलफल गरेर बहुमत जुटाउन प्रयास गर्ने प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।