सुर्खेतको गाडी दुर्घटनामा पर्ने सबै दैलेखी स्वास्थ्यकर्मी

होमल्याण्ड खबर

२०७९ माघ ८ गते, आईतवार १४:४५ मा प्रकाशित

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ को हाइलक्स जीप दुर्घटनामा परी मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको खुलेको छ । आज बिहान साढे २ बजे भएको सो दुर्घटनामा दैलेखका चार जनाको निधन भएको थियो ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। रविन खड्काका अनुसार मृत्यु भएकामा दैलेख डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौ) दीपेन्द्रजंग शाही,भगवतीमाई गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक ९छैटौं० बबिन शाही र गुराँस गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौं) राजेन्द्र बिसी र फार्मेसी सञ्चालक वीरेन्द्रनगर–७ का २७ वर्षीय सागर शाही छन् ।

पाँचजना सवार बागमती प्रदेश ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जीप राति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गबाट खसेर दुर्घटनामा परेको हो ।