शुभम् पावर लिमिटेडको आइपीओ माघ १८ गतेदेखि खुल्दै

होमल्याण्ड खबर

२०७९ माघ १० गते, मंगलवार ११:३५ मा प्रकाशित

शुभम् पावर लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर, कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याएर बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गर्न लागेको हो ।

यसमा छिटोमा माघ २२ गते र ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्ने व्यबस्था रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।