४ चैत्र २०८२, बुधबार
प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को दोस्रो दिनको स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो ।
बिहीबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान राजनीतिक घटनाक्रमलाई समावेश गर्दै लिखित राजनीतिक प्रतिवेदन पनि पेश गरेका थिए ।


त्यसमा वर्तमान गठबन्धन निर्माण, कांग्रेसले विश्वासको मत दिएपछि उत्पन्न राजनीतिक घटनाक्रम लगायतका विषय समावेश छन् । त्यही प्रतिवेदनमाथि आजको बैठकमा सदस्यहरूले धारणा राख्नेछन् ।