२७ बैशाख २०८३, आईतवार
स्थायी विकल्पसहितको बसोबासको माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आज माइतीघरमा प्रदर्शन गरेको छ।
माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गर्दै मोर्चाले विकल्प बिना उठीबास लाउन पाइदैंन भन्दै प्रदर्शन गरेको हो। काठमाडौंमा शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरु आन्दोलित भएका छन् ।


अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन उनीहरुले धर्नाको कार्यक्रम गरेका हुन् । उनीहरुले भूमि अभियान्तामाथि लगाइएका झूटा मुद्दा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।