९ मंसिर २०८१, आईतवार
नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्यले पदाधिकारीको राजीनामा माग गरिएको छ ।
संघका सात जना केन्द्रिय सदस्यले आइतबार पत्रकार सम्मेलन गरि अध्यक्ष चतुरबहादुर चन्दसहितका केहि पदाधिकारीको राजीनामा मागेका हुन् ।
उनीहरुले अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिका सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका हुन् ।
उनीहरुले पधाधिकारीलाई राजीनामा दिएर नेपाल टी २० लिगमा भएको फिक्सिङ घटनाको छानबिनमा सघाउन आग्रह गरेका छन् ।
नेपाल टी २० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको आरोप लगाउँदै केन्द्रीय सदस्यहरू ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पदाधिकारीको राजीनामा मागेका हुन् ।