रविलाई न्याय माग गर्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

होमल्याण्ड खबर

२०७९ माघ १९ गते, बिहीबार १६:०८ मा प्रकाशित

रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ ।