मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

होमल्याण्ड खबर

२०७९ माघ २३ गते, सोमबार १७:०३ मा प्रकाशित

सौन्दर्य प्रतियोगिता सञ्चालनको आवरणमा नाबालिगलाई निरन्तर यौनशोषण गरेको अभियोग लागेका मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा काठमाडौं जिल्ला अदालतले ७ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले सात वर्ष कैद सजाय र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो ।

पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। साेही अनुसार प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ७ मा पक्राउ गरेको थियो ।

जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलासले असार ६ मा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि उनी डिल्लीबजार कारागार पठाइएका थिए ।