कर्णाली प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा

होमल्याण्ड खबर

२०७९ माघ २४ गते, मंगलवार १३:४४ मा प्रकाशित

कर्णाली प्रदेश सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसका अवसरमा कर्णाली प्रदेश र स्थानीय तहका कार्यालयका लागि फागुन १ मा बिदा दिने निर्णय गरेको हो ।

यस्तै बैठकले चालू आर्थिक वर्षको असार मसान्तभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतमा रहने संरचना र दरबन्दीको निर्क्यौल भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयले गर्ने निर्णय गरेको छ ।