२७ बैशाख २०८३, आईतवार
काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साह (बालेन)ले फेरि डोजर चलाउन शुरु गरेका छन् । मंगलबार काठमाडौं महानगरले मैतीदेवी चोकमा रहेको प्रहरी विटमा नै डोजर चलाएको हो ।
मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरी विट निर्माण गरिएको भन्दै महानगरले डोजर चलाएको हो । उक्त प्रहरी विट हटाउने आग्रह गर्दा समेत अटेरी गरेपनि महानगरले डोजर चलाएको जनाएको छ ।

