देउवाविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि

होमल्याण्ड खबर

२०७९ माघ २४ गते, मंगलवार १६:३० मा प्रकाशित

नेपाली काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिट दर्ता भएको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध रिट निवेदन दिएका हुन् । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् ।

आदेशअनुसार आज रिट निवेदन दर्ता भएको हो । भोलि माघ २५ गते पेसी तोकिएको छ ।

यसअघि सर्वोच्चका रजिस्टारले उक्त रिट दरपिठ गरेका थिए ।