राष्ट्रपति कांग्रेसले जित्ने गगन थापाको दावी

होमल्याण्ड खबर

२०७९ माघ २५ गते, बुधबार १४:१० मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले उठाएका राष्ट्रपतिको उमेदवारलाई हराउनकै लागि कांग्रेसले प्रयास गर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले फेरि पनि एमालेबाटै राष्ट्रपति निर्वाचित भए संविधानलाई दुर्घटना गराइने चिन्ता व्यक्त गरे ।

‘एमालेले आफ्नो कार्यकर्तालाई राष्ट्रपति बनायो भने सम्माननीय कठपुतली राष्ट्रपति हुन्छ,’ उनले भने, ‘यसले देशमा सिंहदरबार र शितल निवास दुईटा कार्यकारी अधिकारप्राप्त संस्था हुने देखिए।’