९ मंसिर २०८१, आईतवार
मङ्गलवार उच्च अङ्कले बढेको शेयर बजार आज बुधवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १९ विन्दुमा झरेको छ ।
आज अन्यबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ५७ वटा कम्पनीका एक करोड पाँच लाख दुई हजार कित्ता शेयर तीन अर्ब ६९ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ११ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै आदर्श लघुवित्त र पोखरा फाइनान्सको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि तेह्रथुम पावर कम्पनी र धौलागिरि लघुवित्त कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।