४ चैत्र २०८२, बुधबार
उन्मुक्ति पार्टीका सांसदहरू काठमाडौंमा रहेको नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए। प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि नेकपा (एमाले) नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको छ। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ जना सांसद आवश्यक छ। अहिलेकै अवस्थामा उन्मुक्ति पार्टीको समर्थन विना रावललाई विश्वासको मत पुग्दैन।


नागरिक उन्मुक्तिका सात वटै सांसद शुक्रबार मात्रै धनगढी फर्किने जनाइएको छ। नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक चौधरीका अनुसार रेशम चौधरीको रिहाई नभएसम्म विश्वासको मत नदिने अडानका साथ सबै जना काठमाडौंमा छन्। उनले भने‚ “कारागारको ढोका खुल्ने बित्तिकै प्रदेशको ढोका खुल्छ। एक हातले दिने र अर्को हातले छोड्नुपर्छ।”
प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। सत्ता गठबन्धनमा रहेका एमालेका १०, नेकपा (माओवादी केन्द्र)का सभामुख बाहेक १० र राप्रपाका १ सांसद छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का ४ र १ स्वतन्त्र सांसद छन्।
https://www.himalkhabar.com/news/134340