राष्ट्रपतिमा सहमति खोज्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ माघ २६ गते, बिहीबार १२:४० मा प्रकाशित

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (बिहीबार) दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

सत्तारुढ गठबन्धले राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने सहमति भएको थियो ।