नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिले पायो पूर्णता

होमल्याण्ड खबर

२०७९ माघ २६ गते, बिहीबार १४:०५ मा प्रकाशित

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

बुधवार बसेको स्थायी कमिटी बैठकले पार्टी महाधिवेसन सम्पन्न भएको एक वर्षपछि केन्द्रिय समितिलाई पूर्णता दिएको हो । जसअनुसार २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति चयन भएका छन् ।

साथै, बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत समेत गरेको छ ।

बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि मनोनयन गरेको छ । केन्द्रिय समितिले पुर्णता पाएसँगै आजै केन्द्रिय समिति बैठक पनि आब्हान गरिएको छ ।