उच्चस्तरीय राजनीतिक सम्यन्त्रको बैठक बालुवाटारमा

होमल्याण्ड खबर

२०७९ माघ २७ गते, शुक्रबार १०:२३ मा प्रकाशित

सत्ता सञ्चालनमा सहयोग गर्न निर्माण भएको उच्चस्तरीय राजनीतिक सम्यन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागितामा सुरु भएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन सहभागी छन् ।

सत्तारुढ दल जनमत पार्टी र सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी बैठकमा सहभागी छैनन् ।

बैठकमा रिक्त मन्त्रालयमा पदपूर्ति, राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम सरकार ढल्नुका कारणबारे कुराकानी हुनेछ ।

राष्ट्रपति निर्वाचनमा सत्तारुढ दलभित्रै कुरा मिलेको छैन । एमालेले सरकार निर्माणका बेला भएको सहमतिअनुसार आफ्नो सिफारिसमा राष्ट्रपति हुनुपर्ने बताइरहेको छ । तर, माओवादी र प्रधानमन्त्रीले राष्टिट्रय सहमति खोज्नुपर्ने बताइरहेका छन् ।