मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पूर्णपाठ

होमल्याण्ड खबर

२०७९ माघ २७ गते, शुक्रबार १२:०२ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले ऋणिले भाखा नागरेको एक महिनासम्म ऋण तिर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । नगद प्रवाहमा समस्या भई समयमा कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्न नसक्ने ऋणीलाई एक महिलासम्म श्रण तिर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।

शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले त्यस्तो व्यवस्था गरेको हो । २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवारब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियम सम्बन्धी व्यवस्थाको अनुगमनलाई थप प्रभावकारी बनाउने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पूर्णपाठ