सुदूरपश्चिममा एकीकृत समाजवादीले नरेश शाहीलाई मन्त्री बनाउने

होमल्याण्ड खबर

२०७९ माघ २७ गते, शुक्रबार १४:१५ मा प्रकाशित

नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सुदूरपश्‍चिम प्रदेश सरकारमा पठाउने भएको छ । बाजुराबाट निर्वाचित शाहीलाई सरकारमा पठाउने सहमति भएको नेकपा समाजवादीका एक नेताले जानकारी दिए ।

उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गाोनियताको सपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ । तर मुख्यमन्त्री शाह आज‌ै विभाग तोक्ने वा बिना विभागिय मन्त्री बनाउने भन्ने विषयमा छलफल छन् ।

नेपाली कांग्रेसले भने मन्त्रीबारे निर्णय लिन संसदीय दलको बैठक बोलाएको छ । केहीबेरमा प्रदेशसभा संसदीय दलको कार्यालयमा बस्ने बैठकले मन्त्रीको नाम टुंगो लगाउने एक सांसदले जानकारी दिए ।