४ चैत्र २०८२, बुधबार
सत्ता साक्षेदार दलहरुका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संन्यत्रको बैठक सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनमा रहेका दलहरुका बीचका सम्वाद र छलफललाई बाक्लो बनाएर लैजाने र एक आपसमा भएका अविश्वास मेटदै गठबन्धनलाई बलियो बनाएर लैजान सबै राजनीतिक दलहरुका बीचमा अधिकतम पहलकदमी लिने समझदारी बनेको छ ।


बैठकपछि राप्रपाका अध्यक्ष तथा उपप्रधन तथा उर्जमन्त्री राजेन्द्र लिङदेनले सरकारका काम कारवाहीका बारेमा संन्यत्रको बैठकमा समीक्षा भएको, राष्टिय स्वतन्त्र पार्टीलाई फेरि पनि सरकारमा कसरी सामेल गराउने भन्नेमा छलफल भएको बताए । त्यस्तै उनले आसन्न हुने राष्ट्रपति चुनावका बारेमा सत्ता गबठन्धन दलका बीचमा कुनै विमति नरहेको बताए ।
बैठक सकेर बाहिरिने क्रममा सञ्चारकर्मीसाग राप्रपा अध्यक्ष समेत रहेका लिङदेनले भने, ‘बैठकमा अहिलेसम्म सरकारले गरेका काम कारबाहीबारे समीक्षा भयो। कहाँ-कहाँ कमजोरी भए ? त्यसलाई सच्याएर लैजाने कुरा भयो । केही असमझदारी भएमा नियमित रुपमा भेटघाट बढाएर मिलाउँदै लैजाने कुरा भएको छ।’
लिङ्देनले राष्ट्रपति निर्वाचनबारे बाहिर आएका कुराहरु भ्रमपूर्ण रहेको भन्दै त्यसमा गठबन्धन दलमा कुनै विमति नरहेको बताए ।
‘राष्ट्रपतिबारेमा बाहिर आएका कुराहरु भ्रमपूर्ण छन् । यो सरकार निर्माणका क्रममा जुन सहमति गरेका थियौँ, त्यसमा कुनै बिमत्ति छैन। त्यस सहमतिमा परिवर्तन गर्नुपर्यो भने पनि छलफलबाटै हुन्छ।’
यधपी प्रधानमन्त्रीले राष्ट्रपतिका विषयमा लिईरहेको साझा सहमति खोजनुपर्ने विषयका बारेमा भने उनले केही बताउन चाहेनन ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति सबैलाई मान्य हुने गरि साझा चरित्रको पात्र खोजी गर्नुपर्ने पक्षमा छन् । तर एमाले अध्यक्ष तथा संन्त्रय संयोजक केपी ओली पुस १० मा सरकार निर्माणका बेला भएको सहमतिका आधारमा एमालेले उठाउने उम्मेदवार राष्ट्रपति हुनुपर्ने पक्षमा छन् ।
प्रधानमन्त्रीलाई ओली, लिङदेन र रवि लामिछानेले राष्ट्रपति उम्मेदवारका विषयमा एमालेले प्रस्ताव गर्ने उम्मेदवारमा सहमति खोज्नु पर्नेमा दवाव बढाईरहेका छन् । तर प्रधानमन्त्रीले त्यस्तो दवावमा भन्दा पनि आफुलाई संसदमा कांग्रेसले पनि विश्वासको मत दिएको र सम्वैधानिक पदहरुमा राष्ट्रिय सहमति खोज्नु राम्रो हुने बताउँदै आएका छन् ।
बैठकमा प्रचण्ड नेतृत्वको सरकार निर्माणमा सहयोगी बनेको जनता समाजवादी का अध्यक्ष उपेन्द्र यादव, सरकारमै रहेको जनमत पार्टीका अध्यक्ष सिके राउत र सरकार निर्माणमा सहयोगी रहेको नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी भने सहभागी भएका थिएनन ।
उनीहरुले दुई दिन अगाडी बालुवाटारमै बसेको संन्यत्रको बैठकमा पनि सहभागी भएका थिएनन । सरकारबाट गत माघ २२ गते बाहिरिएको तर सरकारलाई दिएको समर्थन कायमै राखेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने संन्यत्रको बैठकमा नियमित सहभागी भईरहेका छन् ।