महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ

होमल्याण्ड खबर

२०७९ माघ २९ गते, आईतवार १३:०८ मा प्रकाशित

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ ।

विशेष सफाइ अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई सधैँ सफा र पवित्र राखिनुपर्नेमा जोड दिए।

विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाएर धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्नसके राष्ट्रिय अर्थतन्त्रको वृद्धिमा सहयोग हुने उनको भनाइ थियो ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री किराँतीले पशुपति क्षेत्रका सम्पदा स्थल, फूलप्रसाद बिक्री कक्षलगायत स्थलको अवलोकनसमेत गरेका थिए ।