४ चैत्र २०८२, बुधबार
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १ फागुनलाई जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको छ ।
भारतीय विदेश सचिव विनयमोहन क्वात्राको परराष्ट्र मन्त्रालयमा सचिवस्तरीय छलफल तथा परराष्ट्रमन्त्री बिमला राई पौडेलसँग द्धिपक्षीय भेटघाट यसअघि नै तय भएकाले परराष्ट्र मन्त्रालय खुल्ला रहने भएको हो ।


‘सोमबार परराष्ट्र मन्त्रालय खुल्ला रहनेछ, अरु मन्त्रालयको के हुन्छ थाहा छैन्’ परराष्ट्रमन्त्री पौडेलले सञ्चारकर्मीको प्रतिक्रियामा भनेकी छिन् ।
भारतीय विदेश सचिव क्वात्रा दुई दिने नेपाल भ्रमणका लागि एअर इन्डियाको फ्लाइटबाट बिहान ११ बजे काठमाडौं ओर्लदै छन् । न्युज कारखानाबाट