४ चैत्र २०८२, बुधबार
दुई दिने नेपाल भ्रमणमा आएका भारतीय सचिव विनयमोहन याक एन्ड यती होटेलमा पुगेका छन्। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उनले सो होटेलमा नेपाल–भारत सचिवस्तरीय बैठकमा सहभागी जनाउने कार्यक्रम रहेको छ ।
नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री विमला राई पौडेलसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री राईसँग आजै द्विपक्षीय भेटघाट गर्नेछन् ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि आजै भेट्ने कार्यक्रम तय भएको छ । विदेश सचिव क्वावत्राले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने भोलि भेटघाट गर्नेछन् । भोलि नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ ।