राष्ट्रपति भेट्न शित्तल निवास पुगे क्वात्रा

होमल्याण्ड खबर

२०७९ फाल्गुन १ गते, सोमबार १६:३६ मा प्रकाशित

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राको राजनीतिक ब्यस्तता बढेको छ । राष्ट्रपति, प्रधानमन्त्री, सत्तासिन दलका प्रमुख नेता देखि विपक्षी दलका नेता कांग्रेस सभापति शेरवहादुर देउवा, महन्थ ठाकुर देखि सिकेराउतसम्म भेटवार्ता गर्न लागेको भारतीय विदेश सचिव क्वात्रा अहिले शित्तल निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि उनी शित्तल निवास पुगेका हुन् ।

भण्डारीसाग भेटन अगाडी उनले सिंहदरवारमा पुगेर परराष्ट्रमन्त्री बिमला पौडयाल राईसाग भेट गरेका थिए । त्यस अगाडी उनले होटल याक एण्ड यतिमा परराष्ट्र सचिव भारतराज पौड्यालसाग भेट गरेका थिए । त्यसपछि दुवै देशका परराष्ट्रसचिव स्तरीय वार्ता भएको थियो ।

उनी आजै मात्र काठमाडौं आएका थिए । उनले आजै प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली लगायतसँग भेटने कार्यक्रम तय भएको छ ।