९ मंसिर २०८१, आईतवार
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नामिवियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले व्याटिङ गरेको नामिवियाले ५० ओभरमा १० विकेट गुमाउँदै २८५ रन बनायो ।
नामिवियाका लागि मिचेल भान लिङ्देनले १३३ रनको योगदान दिए भने कप्तान गेरहार्ड इरामसले ५६ रन जोडे ।
नेपालका लागि करण केसीले ५, सन्दीप लामिछानेले ३ तथा कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिए ।