नयाँ बसपार्कको लुटपाटप्रति संसदमा सरकारको ध्यानाकर्षण

होमल्याण्ड खबर

२०७९ फाल्गुन ३ गते, बुधबार ११:४३ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक अहिले जारी छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषय, भौतिक पूर्वाधारको क्षेत्रमा भइरहेका ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद प्रकाशशरण महत, विराजभक्त श्रेष्ठसहितले काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड र लुटपाटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा सो घटना भएको भन्दै उनीहरुले आर्थिक मन्दीको मारमा परेका व्यवसायीका थप मर्कामा परेका बताए ।