गोंगबु घटनाबारे छानबिन गर्न समिति गठन

होमल्याण्ड खबर

२०७९ फाल्गुन ४ गते, बिहीबार १३:३६ मा प्रकाशित

यातायात व्यवसायीले गोंगबुमा गरेको आन्दोलनमा भएको क्षति र लुटपाटबारे जाँचबुझ गर्न समिति गठन गरिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

शान्तिपूर्ण भनिएको आन्दोलन कसरी उग्र बन्यो र धेरै क्षति भयो भन्ने विषयमा छानबिन गर्न बुधबार समिति गठन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले बताएका छन् ।