२६ बैशाख २०८३, शनिबार
ग्यास सिलिन्डर पड्किएर घाइते भएका सांसद डा.चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत उपचारका लागि भारतको मुम्बई लगिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भण्डारीलाई बम्बईको नेशनल वर्न सेन्टरमा उपचारका लागि लगिएको जानकारी दिएको छ । उपचार टिममा डा।प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा।बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा। रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) सहभागी रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) पनि उपचार टोलीमा रहेका छन् ।


बुधवार राती बुद्धनगरस्थित घरमा ग्यास पडकिएर घाइते भएका भण्डारीको कीर्तिपुर वर्न अस्पतालमा उपचार गरिएको थियो । कीर्तिपुरमा उपचार सम्भव नभएपछि उनलाई मुम्बई लगिएको हो ।
ग्यास पड्किएर घाइते भएकी भण्डारीकी आमा हरिकलाको भने निधन भइसकेको छ । भण्डारी गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।