बागमतीको मन्त्रिपरिषदबाट प्रदेश निजामती सेवा विधेयक पारित

होमल्याण्ड खबर

२०७९ फाल्गुन ५ गते, शुक्रबार १४:०४ मा प्रकाशित

बागमती प्रदेशको मन्त्रिपरिषदले प्रदेश निजामती सेवा विधेयक र स्थानीय तहको सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ती दुई विधेयक पारित गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले बताए ।

बैठकले बागमती प्रदेशको नीति तथा योजना आयोगमा डाक्टर दीपेन्द्र श्रेष्ठ, डाक्टर जयन्तनाथ खनाललाई नियुक्त गरेको मन्त्री दुलालले जानकारी दिए ।