९ मंसिर २०८१, आईतवार
सिद्धार्थ बैंक लिमिटेड र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चाबहिलबीच बैंकका कर्मचारी तथा ग्राहकवर्गले यस अस्पतालमा स्वास्थ्य सेवा लिंदा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स सुरेशराज महर्जन र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालका तर्फबाट अध्यक्ष डा. कृष्णप्रसाद अधिकारीले बुधबार हस्ताक्षर गरे ।
यसअन्तर्गत बैंकका ग्राहकहरूले विभिन्न किसिमका सेवा सुविधा लिँदा ५० प्रतिशतसम्मको छुट उपभोग गर्न सक्नेछन् भन्दै बैंकले यसमा अतिरितm सिद्धार्थ बैंकका उनो क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले थप २.५ प्रतिशतको छुट प्राप्त गर्न सक्ने बताएको छ ।