उत्कृष्ट पेन्ट्स मध्यको एक नेपाली ब्राण्ड “फेसन पेन्ट्स”

होमल्याण्ड खबर

२०७९ फाल्गुन ८ गते, सोमबार १४:१३ मा प्रकाशित

फेसन पेन्ट्स नेपाली ब्राण्ड मध्यको एक उत्कृष्ट पेन्ट्स कम्पनी हो । छोटो समयमै आफ्नो बजार विस्तार गर्न सफल भएको कम्पनीले भित्ता, काठ र धातुको सतहहरूको लागि सजावटी र सुरक्षात्मक डेकोरेटीभ पेन्ट्स उत्पादन गर्दै आइरहेको छ । यस कम्पनीले सन् २०१८ बाट आफ्नो उत्पादनलाई बजारमा विस्तार गरेको हो । नेपाल गुणस्तर विभागबाट मान्यता प्राप्त कम्पनीले गुणस्तर चिन्ह सहितको पेन्ट्स बजारमा बिक्री बितरण गरिरहेको छ । अन्य कम्पनीहरुले उत्पादन गरेको रङहरुमा भन्दा फेसन पेन्ट्सले उत्पादन गरेको रङहरुमा लिडको मात्रा कम भएको नेपाल गुणस्तर विभागले जानकारी गराएको छ ।

फेसन पेन्ट्सको कारखाना एचआईडी– हेटौंडा, मकवानपुर नेपाल र मुख्य कार्यलय काठमाडौं उपत्यकाको धोविघाट, ललितपुरमा अवस्थित छ । यस कम्पनीले बजार विस्तारको लागि काठमाडौं,बुटवल र नेपालगञ्जमा डिपो संचालन गरेको छ ।

बजारमा उत्पादित फेसन पेन्ट्सका ब्राण्डहरु:

नयाँ उत्पादनमा “Damp Lock”

फेसन पेन्ट्सले नयाँ उत्पादन Damp Lock बजारमा सार्वजनिक गरेको छ । नेपालभरका १०० भन्दा बढि डिलरहरुलाई एकसाथ राखी चितवनको सौराहमा उक्त पेन्ट्स सार्वजनिक गरेको हो । यस पेन्ट्समा ७ वर्षको वरेन्टी रहेको कम्पनीका निर्देशक प्रकाश अधिकारीले बताएका छन् । Acrylic फाइवर युक्त Damp Lock एक झिल्ली युक्त प्रुफिङ्ग उत्पादन हो । नेपालको वतावरणलाई अध्ययन गरि हिमाल, पहाड,तराई जुनसुकै अवस्थामा पनि सजिलै लगाउन सकिने पेन्ट्स हो उत्पादन Damp Lock। जसले घरको भित्तालाई ओष तथा पानीबाट बचाई टप कोटलाई टिकाउपन प्रदान गर्दछ । स्थापनाको छोटो अवधिमा नै गुण्स्तरयुक्त उत्पादनले बजारमा प्रभाव पार्न सफल भएको कम्पनीले जनाएको छ ।

 

 

Weather Proof Exterior Emulsion

फेसन पेन्ट्स “वेदर प्रुफ एक्सटेरियर इमल्शन“ १००% पानीमा आधारित, परिमार्जित एक्रिलिक, बाहिरी सतहका लागि एन्टि एल्गल पेन्ट हो, जसले बाह्य सतहलाई कठोर मौसमी अवस्थाहरूबाट जोगाउँछ र तपाईको भित्ताहरूमा रिच र डिसेन्ट लुक्स प्रदान गर्दछ । बाहिरी पर्खालहरूको लागि फेसन पेन्ट्सको प्रिमियम उत्पादनहरू मौसम प्रमाण बाहिरी इमल्सन, ७ वर्षको कार्यसम्पादन वारेन्टीको साथ आउँछ ।

Business Class Interior Emulsion

फेसन पेन्ट्स “बिजनेस क्लास इन्टेरियर इमल्शन” भित्री भित्ताहरूका लागि उत्कृष्ट १००% पानीमा आधारित इमल्शन पेन्टहरू हो, जुन तपाईको भित्ताहरूमा विलासी  फिनिशिंग र रेशमी चमक प्रदान गर्न डिजाइन गरिएको हो ।

PRIMER & UNDERCOATS

फेसन पेन्ट्स कनेक्ट्स एक्सटेरियर प्राइमर बाहिरी पर्खालहरूका लागि प्रिमियम गुणस्तरको अण्डरकोट हो, जुन पर्खालमा छिटो सेट हुन्छ र क्युरिङ आवश्यक पर्दैन । यो उत्पादनले सतह र शीर्ष कोटहरूमा उत्कृष्ट फिनिशिंग प्रदान गर्दछ, र शीर्ष कोटहरूको स्थायित्व बढाउँछ ।