४ चैत्र २०८२, बुधबार
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचनको मतभार २०६८ को जनगणना अनुसार नै कायम हुने बताएका छन् ।
फागुन २५ हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उनले २०७८ को जनगणनाको प्रतिवेदन सार्वजनिक भइनसकेकाले पुरानै गणनाको आधारमा मतभार कायम हुने जानकारी दिए ।


“०७८ मा जनगणना भएपनि त्यसको अन्तिम प्रतिवदेन आइसकेको छैन । त्यसकारण पुरानै मतगणना अनुसार मतभार तय हुनेछ,” उनले भने ।