स्कटल्याण्डविरुद्ध नेपाललाई तेश्रो सफलता , सन्दीपले लिए ३ विकेट

होमल्याण्ड खबर

२०७९ फाल्गुन ९ गते, मंगलवार ११:१० मा प्रकाशित

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज स्कटल्याण्डविरुद्ध नेपालले तेश्रो विकेट लिएको छ । पहिलो विकेट लिएका सन्दीप लामिछानेले दोश्रो विकेट लिनेक्रममा स्कटल्याण्डका शुरुवाती ब्याट्सम्यान जर्ज मुन्शले ६० रनमा आउट गरे ।

तेश्रो विकेट स्कटल्याण्डका कप्तान रिची बेरिंगटन डग आउट गरे । यो श्रृखलमा यो समेत ११ विकेट भएको छ । स्कटल्याड ताजास्थीतीमा १७ ओभर तीन विकेट गुमाएर १०४ रन बनाएर खेलीरहेको छ ।

रिची बेरिंगटन क्रितिपुर क्रिकेट मैदानमा आज बिहान ९ बजे देखि शुरु भएको यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । यस श्रृखलामा नेपालले चारै खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । पहिला बलिङ गरेको खेलमा प्राय विजयी भएको पाईएको छ ।

यस श्रृखलमा नेपालले यस अघिका लगातार तीन खेल जितीसकेको छ ।नेपालले नामिबियालाई दुई पटक र स्कटल्याण्डलाई एक चोटी जितेको छ । प्रतियोगिताको उपाधी जितीसकेको स्कटल्यान्डलाई यस श्रृखलामा दोश्रो पटक हराउँदै पहिलो पटक लिग–२ मा चारै खेल जित्ने सोचमा नेपाल रहेको छ ।

स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारसहित ५० अंकका साथ शीर्षस्थानमा छ । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । यदि नेपालले बाँकी सबै ९ खेल जितेको खण्डमा ४२ अंकका साथ शीर्ष तीनमा रहँदै सोझै जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । शीर्ष तीनमा पर्न नसके प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता जोगाउन ९ मध्य ५ खेल जित्नुपर्ने हुन्छ।